Monday, April 20News That Matters

आगो ताप्ने क्रममा खोटाङमा एक बृद्धाको जलेर मृत्यु

पूर्णपुष्टि, माघ १७

आगो तापिरहेको अवस्थामा खोटाङमा एक बृद्धाको जलेर मृत्यु भएको छ । खोटेहाङ गाउँपालिकाकै सबै भन्दा बढी उमेरकी जेष्ठ नागरिक हिमादेवी अधिकारीको जलेर घाईते भएको अवस्थामा मृत्यु भएको हो ।

जाडो मौसमका कारण आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको हो ।

गाईवस्तुलाई खोले पकाउन बालिएको आगो तापिरहेकी अधिकारीको शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी थिईन् ।

घाईते हिमादेवीलाई घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए ।