Sunday, August 9News That Matters

आग्लागी हुँदा २ बालबालिकाको ज्यान गयो

पूर्णपुष्टि, चैत २५

प्युठानमा आग्लागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ । आज बिहान ९ बजेतिर गौमुखी गाउँपालिका–३ रजवाराका स्थानीय रमेश रानाको गोठमा आग्लागी हुँदा उनका ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीयम छोरी चन्द्रकला रानाको ज्यान गएको हो ।

घरमा अभिभावक नभएको बेला आग्लागी भएको गाउँपालिकाले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।