Monday, June 29News That Matters

आजकालका छोराबुहारी (कविता/भिडियोसहित)

लेखबहादुर कार्की (लोककबी)

आजकालका छोराबुहारी
बस्छन जीवन सुधारी

खान्छन् चामलको भात
बोल्छन न्यायधिसको बात
यीनीहरुमा केही छैन लाज

बुहारी राजनीतिक फिल्ड
छोरा त्यसैमा ठीक

केटो केटी माग्न गयो
केटी मसक्क मस्किन्छ
केटो चलक्क चल्किन्छ
त्यसको बाउको के भाको
केटी त्यो केटो नभए
विष खान्छु भन्छे
जुन केटी जीउछाडा
त्यै सर्बहारा
अघि त्यस्तो थिएन
केटाले केटी उम्कन दिएन
थुक्क, अब त केटीको भयो
मन ढुक्क

छोराले बुहारी ल्यायो
बाउआमाले नपाउने धोका पायो
सासु ससुरालाई के मान्छन्
सासु ससुरालाई त
घाँस काट है बुढाबुढी पो भन्छन्