पूर्णपुष्टि,पुष २४ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रहरुमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ । करिव डेढ हप्तादेखि तराई क्षेत्रमा चलिरहेको शीतलहरु अझै कायमै रहेको देखिन्छ ।
अहिले तराईका बिभिन्न भुभागहरुमा धेरै जसो क्षेत्रमा हुस्सु र कुहिरोसहित शीतहर छ । यता पूर्वी र पश्चिमी तराईमा मध्यान्नपछि क्रमिक रुपमा सुधार गएपनि मध्यतराईमा भने दिनभर कुहिरो लाग्ने गरेको छ ।
आज दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिक बदली हुनसक्ने ठानिएको छ ।
