आजको विदेशी मुद्राको विनिमयदर

मंसिर २३ गते । 

आज कुवेती दिनार, ओमानी रियाल र कोरियन वनको भाउ बढेको छ भने अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ स्थिर रहेको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २१ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा रहेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ भने ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो आइतबार खरिददर २ सय ९५ रुपैयाँ ९६ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा छ  भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ २८ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ २५ पैसा रहेको छ । हिजो खरिददर ३७४ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३८ पैसा रहेको थियो ।  त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय २ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ९१ पैसा तोकेको छ । हिजो खरिददर ३ सय १ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ९१ पैसा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0