Wednesday, May 27News That Matters

आजको विदेशी मुद्रा विनिमय दर

पूर्णपुष्टि, चैत ४ गते । 

आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर१ कोे खरिददर १ सय १८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ १४ पैसा तोकेको छ । हिजो डलर १ कोे खरिददर १ सय १७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ३१ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर ३ सय ८ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ८ रुपैयाँ ३७ पैसा तोकेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा तोकेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा नै रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ८३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३ सय ८५ रुपैयाँ ६८ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ८१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३ सय ८३ रुपैयाँ ४३ पैसा तोकिएको थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३ सय १५ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर ३ सय १२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३ सय १३ रुपैयाँ ७३ पैसा रहेको थियो ।