
उदयपुर, बैशाख ३ गते ।
लकडाउनको समयमा अत्यावश्यक सेवा संञ्चालन कार्यलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन उदयपुरले ई–पास सेवा सुरु गरेको छ । अत्यावश्यक सेवा सञ्चालन कार्यलाई व्यावस्थित गर्न जिप्रकाले दिने सवारी साधन पासलाई प्रभावकारी बनाउन बुधबारदेखि निःशुल्क ई–पास सुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले सुचना जारी गर्दै सवारी साधन पास वितरणलाई सहज, सरल र सु–ब्यावस्थित बनाई कार्य सम्पादनमा प्रभावकारीता ल्याउन सामाजिक दुरी कायम गर्न ई–पास सेवा सञ्चालन सुरु गरेको जनाएको छ ।
विश्वभर महामारीको रुपमा फैलदै गएको कोरोना भाईरस (कोभिड–१९) को सम्भावित संक्रमण रोकथाम तथा न्युनिकरणका लागी सकारले देश लकडाउन गरेको छ ।
