Thursday, July 2News That Matters

आजदेखि एन्फाले कर्मचारी र खेलाडीको कोरोना परीक्षण गर्ने

पूर्णपुष्टि, साउन २६

आजदेखि अखिल नेपाल फुटबल संघ (एन्फा)ले कर्मचारी र प्रशिक्षणमा बोलाइएका खेलाडीको कोरोना परीक्षण गर्ने भएको छ । फिफा विश्वकप छनोटका लागि तयारी गर्नु अगाडि एन्फाले कर्मचारी र प्रशिक्षकको कोरोना परीक्षण गर्ने भएको हो ।

काठमाण्डौ बाहिरबाट आएर होटलमा क्वरेण्टीनमा बसेका ११ जना खेलाडीको कोरोना परीक्षण हुनेछ । उनीहरुको बिहान १० बजेदेखि पाटन अस्पतालमा कोरोना परीक्षण हुने भएको जनाईएको छ । भदौ १ गतेबाट प्रशिक्षण सुरु हुनेछ ।

काठमाण्डौ बाहिरबाट आएका ११ खेलाडी होटलमा बसेका छन्, भने २२ जना खेलाडी घरमा नै होम क्वरेण्टीनमा छन् ।

विश्वकप छनोट अन्तर्गत नेपालले ३ वटा खेल घरेलु मैदानमा खेल्ने योजना छ । नेपालले आउँदो असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दैछ । त्यसको ५ दिनपछि अर्थात् असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका छ ।