पूर्णपुष्टि, कार्तिक १६ गते ।
आजदेखि तीन महिनाका लागि सम्पूर्ण सरकारी कार्यालय एक घण्टा अगाडि नै बन्द हुने भएको छ । गृह मन्त्रालयले वैशाख २६ गते राजपत्रमै सूचना जारी गरेको थियो । उक्त सूचनामा कात्तिक १६ गते देखि माघ १५ गतेसम्म एक घण्टा अगाडि नै कार्यालय बन्द हुने उल्लेख छ ।
कात्तिक १६ गते देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि अपरान्ह साढे चार बजेसम्म रहनेछ । यसअघि साढे ५ सम्म कार्यालय समय थियो ।
गृह मन्त्रालयले सोही समय प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर उक्त निर्णय असार २ गते राजपत्रमै सूचना जारी गरी खारेज गरेको थियो ।
