Thursday, May 7News That Matters

आज अन्तराष्ट्रिय युवा दिवस

ओम श्रेष्ठ
आज असार ३१ अर्थात जुलाई १५ “विश्व युवा दक्षता दिवस“ संयुक्त राष्ट्रसंघले सन् २०१४ मा घोषणा गरेर नेपालले पनि यो दिवस मनाउन थालेको आज ७ वर्ष पुग्यो । विश्व भरि छरिएर रहेको विभिन्न जात, धर्म, लिङ्ग, समुदाय, भुगोल, वर्ग र विभिन्न तह र तप्कामा छरिएर रहेको युवाहरुको मौलिक रितिरिवाज, कला, पेशा भित्र रहेको क्षमतालाई सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाउनु थालिएको हो ।

आज विश्वभर छरिएर रहेका युवाहरूमा बढ्दै गइरहेको बेरोजगारी  र आफ्नो क्षमता, योग्यतानुसारको काम आफ्नै देशमा नपाईरहेको अवस्थामा यो रोगबाट नेपाली युवाहरू पनि सामाजिक, आर्थिक र मानसिक रुपमा असर परिरहेको देख्न सक्छौ ।

हुन त १६ वर्ष देखि ४० वर्षसम्मको व्यक्तिहरूलाई सामान्यतया युवा भन्ने गरिन्छ त आजको यो विश्व ब्रमाण्डमा युवा भनेको सोच हो त्यसमा नकुनै उमेर समुह न कुनै शाररिक अवस्थालाई जनाउँदछ ।

यो लेखिरहँदा समाज र देशमा बेरोजगार मात्र होइन, उनीहरुले रोजगार पाइहाले पनि निम्न गुणस्तरको काम पाउने र काम अनुसारको दाम नपाउने गरेको देख्न सक्छौं । महिला र पुरुषमा असुरक्षा र असमानता हुने गरेको पनि पाइन्छ । हरेक युवाहरूमा आफ्नो काम, मिहिनेत अनुसारको पारिश्रमिक थाप्ने रहर हुन्छ । तर मस्तिकमा सोच, मुटुमा जोश र पाखुरामा बल हुँदाहुँदै पनि रोजगार गुमाउने डरले आवश्यक दक्षता हुँदाहुँदै युवा जोशलाई कामको भारीले थिचेर पाएको धेरथोर पारिश्रमिकमा  चुप लागेर लिन बाध्य छन् ।

यो दिवस मनाई रहँदा कयौं युवाहरू आफ्नो दक्षता प्रदर्शन गर्न नपाएर घर मै सुतेर दिन, महिना र वर्षहरू विताईरहेका होलान्त कतै कामदारहरुको दक्षता र बजारलाई आवश्यक दक्षता नमिल्नाले नै बेरोजगारी बढिरहेका पनि छन् । तर युवा बेरोजगारी कुनै व्यक्तिगत समस्या मात्र नभएर सिंगो देशको समस्या रहेको छ । विश्व व्यापारीकरण र प्रविधिको विकासका कारणले विश्वभर मानिसहरुको आवश्यकता बढ्दै गइरहेको छ । तर नेपाल जस्तो गरिव राष्ट्रमा आफ्नै देशमा केहि गर्छु भन्ने जोस र सोच भएका मानिसहरूले आफ्नो दक्षता, क्षमता देखाउन नपाएर विदेशीभूमिमा आफ्नो श्रम वाध्यतावस काम गर्नु परिरहेको छ भने आफ्नै देशमा पनि निम्न स्तरका काम भनेर चिनिआएको वटेर, कुक, सेल्समेन, पसलमा सामान वेच्ने कामदार, सेवा प्रदाय कामदार ड्राइभर, क्लिनीङ, जस्ता कामबाट आउने आम्दानीबाट पनि देख्न सक्छौँ ।

संरचात्मक बेरोजगारीले विश्वका सबै क्षेत्रहरुमा नकारात्मक प्रभाव पार्दछ । युवाहरुलाई सक्षम बनाउनका लागि आवश्यक सीप विकास गर्नु आजको आवश्यक्ता हो ।

यसले नेपालको अर्थतन्त्रमा मात्र नभई समावेशी र समान
समाज निर्माण गर्ने २०३० को दिगो विकासको लक्ष्यमा समेत खलल पुर्याउँछ । दिगो विकासको लक्ष्यको जिम्मा संयुक्त राष्ट्रसंघको मात्र होइन । यो हरेक राष्ट्र र समुदायले अपनत्व लिएर आफ्नो समाजको विकासका लागि आफै प्रयास गर्ने हो । हामि नेपाल युवाको जिम्मा नेपालसरकारले नै लिने हो ।

देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संरचनामा गईसकेको र संविधानमा नै लेखिसकेको अवस्थामा हाल सबै गाउँपालिका र नगरपालिकाका युवाहरुको विषयमा स्थानिय सरकारहरूले पनि युवाहरूको दक्षतालाई ध्यानमा दिएर उनिहरूलाई रोजगारी दिनु पर्छ । युवाहरूको क्षमता र योग्यताको आधारमा प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेस गर्दै उनिहरूलाई तालिमसँगै रोजगार दिनु पर्दछ । यि सबै युवाहरूको रोजगारको ग्यारेण्टी स्थानिय सरकारको दायित्व पनि हो । त्यति मात्र नभएर युवालाई कसरी हुन्छ बजारको माग अनुरुप दक्ष बनाउने कर्तव्य स्थानियबसरकारको हो । यसमा युवाले पनि आफ्नो काम, कर्तव्य, जोश र जाँगरको सही सदुपयोग गर्नु पर्ने हुन्छ । जबसम्म युवाहरूमा भएको क्षमता र दक्षताको आधारमा सरकारले काम गर्दैन तबसम्म लाँदिएका नीति तथा कार्यक्रमले मात्र बेरोजगारी हट्न सक्दैन ।

सरकारले शिपमुलक तालिक भन्दै विभिन्न तप्काका सबै खाले युवाहरूलाई  विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरु सञ्चालनमा नल्याएका पनि होइनन् । ऋण प्रदान, सहजीकरण, स्वरोजगारीका लागि विभिन्न क्षेत्रको पहिचान र सम्भाव्यता अध्ययनमा पनि काम गर्दै आइरहेको छ । तर नेपाल सरकार र स्थानिय सरकारले घोषणा गरेको जस्तो युवा निर्माण किन गर्न सकिरहेको छैन आजको चुनौती बनेको छ ।

हिजो भर्खर मात्र व्याचुलर अन्तिम वर्षको नतिजा प्तकाशन भएको छ । तर अव देशमा बसेर के गर्ने भन्ने अन्योल ति युवाहरूमा पर्न थाल्नेछ । देश भित्रै केहि गर्छु भन्ने सोच बोकेका युवा जनशक्तिहरू के कारण विदेशिदैछन? आज यो गम्भिर प्रश्न हामि माझ आएको छ कसरी ति दक्षता, क्षमता, शिक्षित, बौद्धिक युवाहरूलाई आफ्नै देशमा केहि गर्नको लागि उत्प्रेरणा जगाउने? कसले जगाईदिने? आवत प्रश्नका चाङ्ग हामिमाझ छ ।

आज विभिन्न एनजिओ, आईएनजिओले विश्व युवा दक्षता दिवस अनेक क्रियाकलाप गरेर मनाउँदैछ । तपाई सबैलाई आ–आफ्नो तह र तप्काबाट युवाहरूलाई प्रेरणा दिने दक्षतापुर्ण काम सिपयुक्त युवा सृजना गर्दै हामि सबै युवाहरूले हातेमालो गर्दै अगाडि बढ्न र युवाहरू भित्र लुकेर रहेको क्षमता, सोच र जोसलाई अगाडि बढाउन भुमिका खेल्न हुन अनुरोध गर्दै विश्व युवा दक्षता दिवशको शुभ कामना दिन चाहान्छु ।

जय युवा ! 
युवा संघ नेपाल, उदयपुर