Friday, May 22News That Matters

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

पूर्णपुष्टि,असार ६ । आज जुन २१ तारिख अन्तराष्ट्रिय योग दिवस नेपाममा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

‘विश्व योग दिवस मुटुका लागि योग’ भन्ने नारासाथ विश्वभर मनाइँदै छ । योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन सुरू गरिएको हो । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणमा महत्त्व दिने योग गुरुको भनाइ छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्रसंघको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।