
पूर्णपुष्टि,फागुन २७
आज पश्चिमी वायुको प्रभावका कारण अपरान्हपछि देशको अधिकाशं पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जजसहित वर्षा हुने छ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकोे जल तथा मौसम विज्ञान विभागले जनाएकोे छ ।
हाल देशका पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही अपराह्नपश्चात् पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

