
पूर्णपुष्टि, जेठ २ । उदयपुरमा आज काेराेनाले ४ जनाकाे ज्यान गएकाे छ । त्रियुगा नगरपालिका १० का ६३ वर्षिय खगेन्द्र मगरकाे बेल्टार काेराेना अस्पताल उदयपुरमा मृत्यु भएकाे हाे । आज विहान एक्कासी स्वास्थ्यमा समस्या आई मगरकाे मृत्यु भएकाे जनाईएकाे छ । मगर ४ दिनअघि साे अस्पतालमा उपचाररत थिए । उनलाई अक्सिजन कमि हुने गरेकाे र अक्सिजन दिएपछि राम्राे हुने गरेकाे थियाे । तर आज विहान ५ बजेतिर एक्कासी समस्या आएर मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । उदयपुरकाे अस्पतालमा मत्यु भएकाे याे पहिलाे घटना हाे ।
सागर डिजिटल फाेटाे स्टुडियाे गाईघाटका सञ्चालक विष्णुदेव चाैधरीकाे पनि मृत्यु भएकाे छ । ४७ वर्षिय चाैधरीकाे उपचारकाे क्रममा विएमसि हस्पिटल बिर्तामाेडमा मृत्यु भएकाे जनाईएकाे छ । चाैदण्डिगढी नगरपालिकाका ५ का ५६ वर्षिय हरिराज काेईरालाकाे पनि ज्यान गएकाे छ । उनकाे नाेवेल हस्पिटल विराटनगरमा मृत्यु भएकाे जनाईएकाे छ ।
अर्का एकजना त्रिनपा १२ डिएम गेटकाे ५१ वर्षिय माेहमद ईवराईन रहेका छन् । विराटनगरकाे गाेल्डेन हस्पिटलमा काेराेना परिक्षण गर्दा पुष्टि भएपछि आज ग्रिनक्रस हस्पिटलमा उपचारकाे क्रममा मृत्यु भएकाे जनाईएकाे छ ।
