Tuesday, June 2News That Matters

आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

पूर्णपुष्टि, असार १६

देशका केही ठाउँमा आज मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै भएकाले १, २ न. प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र ५ न.प्रदेशका केही ठाउँमा मेघगर्जन सहित ठूलो पानी पर्ने सम्भावना भएको महाशाखाले जनाएको छ ।

ठूलो पानी पर्दा बाढी, पहिरो जाने, कतिपय ठाउँमा डुबान समेत हुन सक्ने भएकाले सावधानी अपनाउन पनि आग्रह गरेको छ ।  देशका अरु ठाउँमा भने आज दिउँसोपछि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो र अरु ठाउँमा सामान्यदेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।