Saturday, May 16News That Matters

आज गाईघाटको साकेला थानमा उधौली पर्व मनाइँदै

पूर्णपुष्टि, पौष १५

किराँतराई सामुदायहरुले आज उधौली पर्व मनाउँदै छ । देशका बिभिन्न ठाउँमा रहेका यस सामुदायले थानमा गएर पुजा आजा सँगै शुभकामना आदान प्रदान गर्ने गर्छन । बिषेशगरी नेपालको पूर्वी भुभागमा रहेका किराँतहरुले यसलाई महत्वका साथ मनाउँदै आईरहेको छ । बिभिन्न आदिवासी जनजातिहरु मध्यको एक जाति किराँतीहरुको संस्कार संस्कृति भित्र जोडिएको यो उधौँली सामान्य तरिकाले थानमा घरमा पुजा गरी मनाइँने भएता पनि बैशाख पूर्णिमाको उभौलीमा भने बिषेश पर्वको रुपमा किराँती सामुदायमा मनाईन्छ ।

मंसिर पूर्णिमाको दिनदेखि पृथ्वी सुत्छिन् भन्ने किरात सामुदायमा मान्यता छ । त्यसकारण उधौलीमा कुनै धुमधाम हुँदैन । प्रकृति पूजा गरिन्छ र आफ्ना नियमित कर्महरु सम्पन्न गरेर उधौली पर्व मनाइन्छ ।

उभौलीमाचै पृथ्वीलाई उठाइन्छ भन्ने मान्यताका सथा धुमधामका साकेला नाच नाचेर यो पर्व मानाईने चलन छ । विशेष गरेर उच्च पहाडी वा हिमाली भेगबाट आफू सबै वस्तुभाउसँगै बेंसी झर्ने समय पनि उधौलीसँगै सुरु हुन्छ ।

किरातहरूले सुम्निमा र पारुहाङलाई आफ्ना आराध्य आदिपूर्खाका रूपमा मानिल्याए तापनि उनीहरुलाई धरती र आकाशको प्रतीकका रुपमा मान्ने गरेको छ ।

उभौली पर्वमा चाहिँ धुमधामका साथ साकेला नाच नाचेर पृथ्वीलाई उठाइन्छ भन्ने मान्यता छ । विशेष गरेर उच्च पहाडी वा हिमाली भेगबाट आफू सबै वस्तुभाउसँगै बेंसी र्झने समय पनि उधौलीसँगै सुरु हुन्छ ।

यसै सन्दर्भमा उदयपुरमा पनि थानमा पुजा गरी यो पर्व मनाईने भएको छ । गाईघाट स्थित त्रियुगा नगरपालिका ११ साकेला टोलमा किराँत राई यायोख्खा प्रारम्भिक कार्यसमितिले पुजा आजा सहित शुभकामना आदान प्रदान कार्यक्रम राखेका छन् ।

बिषेशगरी गाईघाटको साकेलाटोल स्थित साकेला थानमा देउतालाई भालेको वली दिएर पुजाआजा गरी ढोलझ्याम्टा बझाउँदै यो पर्व मनाइने भएको किराँत राई यायोख्खा प्रारम्भिक कार्यसमिति उदयपुरले जनाएको  छ गाईघाट सहित कटारी, बेल्टार, रामपुर, जोगिदह, मैनामैनी, श्रीपुर, देउरी, जलजले लगाएत जिल्लाभरीको प्रारम्भिक कार्यसमितिले यो पर्वलाई मनाउँने जिल्ला कार्यसमितिले जनाएको छ ।