Tuesday, June 9News That Matters

आज देशका केही ठाउँमा पानी पर्ने सम्भावना

पूर्णपुष्टि, असोज २६

आज पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही जिल्लामा हल्का पानी पर्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका बाँकी भू–भागमा भने सामान्यता मौसम सफा रहनेछ । अब यो वर्षका लागि मौसम सक्रिय भएर ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

भोलि र पर्सिको मौसम पनि सामान्यतया सफा नै रहनेछ । केही दिनयता मनसुन खासै सक्रिय छैन । बिस्तारै चिसो भने बढ्न थालेको छ । केही दिनयता न्यूनतम तापक्रम घट्दै गएको जनाईएको छ ।
जुम्लाको आज बिहानको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै काठमाण्डौको १६.५, दिपायलको १७.६,  डडेल्धुराको १३.३,  विराटनगरको १७  र पोखराको १८.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।