Tuesday, June 9News That Matters

आज धरहराको उद्घाटन

बैशाख ११

आज प्रधानमन्त्रि केपी शर्मा ओलीले नयाँ धरहराको उद्घाटन गर्दै हुनुहुन्छ । २०७२ बैशाख १२ गतेको भुकम्पले ढालेको धरहराको टावर बनाउने काम सकिएपछि आज उद्घाटन गर्न लागीएको हो ।

भत्किएको धरहरा यथावत् राखेर नजिकै अर्को धरहरा बनेको छ । नयाँ धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने छ । धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय बनाउने काम भइरहेको छ ।

त्यस्तै धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

धरहराको उद्घाटन आज गरिए पनि तत्काल अवलोकन गर्न भने पाइने छैन । आउँदो मंसिरसम्म सबै काम सकेपछि मात्रै सबैका लागि धरहरा खुला गर्ने तयारी भएको प्राधिकरणले जनाएको छ । धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण हुन लागेको छ ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना रहने छ । जमिनमाथि भुइँतलासहित २३ तला हुनेछ । जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने जनाईएको छ ।

लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भ¥याङसमेत जडान गरिएको छ । धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २० औं तला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । २२ औं तलामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ ।