Friday, May 22News That Matters

आज पनि पानी पर्ने सम्भावना

पूर्णपुष्टि, साउन ३२

आज पनि देशभर सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

मनसुनी न्यूनचापीय रेखा अहिले दक्षिणतर्फ रहेकाले मनसुनी गतिविधि केही निस्क्रिय जस्तो भए पनि जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले दिउँसोपछि देशभर नै सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाईएको छ ।

राति देशभर सामान्यतया बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाईएको छ ।

विशेष गरी प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५ र सुदूरपश्चिम प्रदेशका केहि ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको जनाईएको छ ।