
पुर्णपुष्टि,भाद्र २१
नारायणी अस्पतालको प्रयोगशालामा हिजो गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच सय १० जनाको स्वाब परीक्षण गर्दा पाँच महिलासहित १६ वर्ष देखि ६४ वर्ष उमेरका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको हो ।

संक्रमितमध्ये २४ जना पर्सा र दूई जना बाराका रहेको अस्पतालले जनाएको छ । वीरगन्जको आदर्शनगरमा रहेको नबिल बैंकका थप पाँच जना कर्मचारीहरुमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
वीरगन्ज महानगरपालिकाको विभिन्न वडामा २२ जना संक्रमित थपिएको जनस्वास्थक कार्यालयले जनाएको छ । वीरगन्ज– १२ मुर्लीमा तीन जना, वडा नम्बर ९, १५ र २५ मा दुई/दुई जनामा कोरोना पोजिटिभ पुष्टि भएको अस्पतालले जनाएको छ ।
कृषि औजार कारखानामा रहेको सशस्त्र प्रहरीका दुई जना कर्मचारीमा संक्रमण पुष्टि भएका छन् । पर्साको कालिकामाई र जगरनाथपुर गाउँपालिकामा एक/एक जना संक्रमित थपिएका छन् । बाराको महागढीमाई नगरपालिकामा दुई जनामा संक्रमण पुष्टि भएको छ ।
