
पूर्णपुष्टि, फागुन २० गते ।
आज पहाडी भेगका केहि ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । स्थानीय वायुको प्रभावले पश्चिमको तुलनामा मध्य र पूर्वी पहाडी भेगको केही ठाउँमा दिउँसोपछि चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको हो ।
पहाडी भेगका केहि ठाउँ बाहेक अन्य ठाउँको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यो पनि पढ्नस् ।
श्रीलङ्ककाका राष्ट्रपति गोतबाया राजपक्षले सोमबार संसद् भङ्ग गरेको छ । आगामी अप्रिल २५ मा मध्यवधि चुनाव गराउने घोषणा गर्दै संसद् भङ्ग गरेको हो ।
राजपक्षले संसद्को कार्यकाल पूरा हुनु ६ महिना अघि नै संसद् भङ्ग गरेको हो । वर्तमान संसद् सन् २०१५ सेप्टेम्बर १ मा नियुक्त गरिएको थियो । श्रीलङ्काको संसद् भङ्ग गर्न कम्तीमा साढे चार वर्षको कार्यकाल पूरा हुनुपर्छ उक्त अवधी आइतबार राति नै पूरा भएको थियो ।
