Sunday, July 12News That Matters

आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै

पूर्णपुष्टि, मंसिर १ । आज पुस १ गते विभिन्न कार्यक्रम गरी पाँचौ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । संयुक्त राष्ट्र सङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा राष्ट्रिय झण्डा बोकेर र्याली कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो।

प्रत्यक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसका रुपमा मनाइन्छ । कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्र सङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताउनु भयो ।

उहाँले नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेकाले पनि सचेतना फैलाउने अभियान स्वरुप यो दिवस मनाइएको बताउनु भयो । उहाँले राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्ने बताउनु भयो ।