Wednesday, June 10News That Matters

आज अप्रिल १ अर्थात विश्व मूर्ख दिवस

पूर्णपुष्टि,चैत्र १८ । नेपाली पात्रो अनुसार आज विश्व मूर्ख दिवसलाई सामान्यतया अप्रिल फूल भनेर बुझिन्छ । यो अप्रिल फूल किन मनाउन थालियो भन्ने विश्वासिला कारणहरू भेटिदैन् । बोस्टन यूनिभरसिटीका प्राध्यापक जोसेफ बस्किनका अनुसार रोमन राज्यमा कन्सटेनटाईनको शासन रहेका वेला, आजकै दिनमा कैदी एवं अपराधीरुलाई एक दिनका लागी राज्य चलाउन दिइएको थियो । यसै दिनको संभmनामा हरेक वर्ष अप्रिल फूल अर्थात् मूर्ख दिवस विश्वभरि मनाउन थालिएको मान्यता छ । लगभग यसै समय आसपासमा हिन्दु चन्द्र क्यालेन्डर मा होली, ज्वीस अर्थात् यहुदीहरूको क्यालेन्डर मा पुरीम र रोमनहरूको क्यालेन्डर मा अतीस पर्व पर्दछन् । मार्चको मध्य वाट र अप्रिलको प्रथम साता बिचमा यी पर्वहरू पर्ने गर्दछन् ।

इतिहास र चलनहरू नियाल्ने हो भने अप्रिल फूलले सन् १७०० पछाडि विश्वव्यापी रूप लियो जब अङ्ग्रेजी हास्य लेखक अनि कलाकारहरूले यसलाई अभिव्यक्त अनि आआफ्ना रचनामा उतार्न थाले । बेलायती, स्पेनिस, पोर्चुगिस अनि नेदरल्याण्डको उपनिवेशको वृद्धि सँगै मान्यता पाउँदै गयो । सन् १९५७ मा त बिबिसी ले नै स्विस किसानहरूले रुखबाटै चाउचाउ टिपेको भिडियो देखाई दिएर आजको दिन संसारलाई नै नयाँ वाली आयो भनी झुक्काएको थियो । विभिन्न सञ्चार माध्यमहरूले पनि आज डर त्रास फैलाउने भन्दा पनि आशालाग्दा भ्रम अनि खबर फैलाएर आजको दिन मनाउदछन् ।

विद्यालयमा छँदा साथीहरूको पछाडि कागजको पुच्छर जोडिदिने, ट्वाइलेटमा थुनिदिने, ब्याग र कापीहरू लुकाई दिने, पेन भित्रको रिफिल लुकाई दिने, खाली चकलेटको खोलमा मसिनो पत्थर राखेर दुरुस्त चकलेट जस्तो बनाएर बाटोमा छाडिदिने जस्ता धेरै क्रियाकलापहरू गरेका यादहरू पनि छन् ।

मूर्ख र सज्जन एक आपसमा वाँझिएका शब्दहरू हुन् । आज मूर्ख दिवस हो, विश्व मूर्ख दिवस । आत्मसाथ गरौँ, कालिदासको ज्ञान अनि काव्यलाई तर स्मरण गरौँ उनी पहिले कति मूर्ख थिए भन्ने कुरा । वाल्मीकिलाई संभmना गरौँ जो पहिले रत्नाकर डाँकु थिए अनि हामी आफैलाई याद गरौँ न ।

बच्चामा गरेका मूर्ख कामहरू लाई, मूर्खपना नराम्रो हैन तर यस वाट सिक्न अनि अगाडी बढ्न जरुरी छ । आज बोलेका झुट या मूर्ख बनाउने शब्दलाई चोट नपूर्याओस्, मूर्ख वनाउनुहोस तर हँसाउन नभुल्नुहोस् । अप्रिल फूल हाउस फूल होस् ।