Monday, April 20News That Matters

आज भूल्केमा सेनाको स्वास्थ्यकर्मी टोलीले स्वव नमुना संकलन गर्ने

पूर्णपुष्टि, बैशाख ७ गते  । 

नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले आज भुल्केमा बाँकी रहेका स्थानीयबासीको स्वव नुमना संकलन गर्ने भएको छ । प्रदेश १ का स्वास्थ्यकर्मी टोलीले स्वव नमुना संकलन गरेर बाँकी रहेका स्थानीयबासीहरुको नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले स्वव नमुना संकलन गर्ने भएको हो ।

ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि उच्च सर्तकताका साथ स्वव नुमना संकलन गर्नका लागी काठमाण्डौबाट नेपाली सेनाका स्वास्थ्यकर्मी टोली केहि समयमा आईपुग्ने एक सुरक्षा अधिकारीले जनाईएको छ । गत शुक्रबार भुल्के मस्जिदका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै थप एक जनामा हिजो कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार १ नं प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मीको टोलीले ६० जना स्थानीयबासीहरुको स्वव नमुना संकलन गरेको थियो ।