पुर्णपुष्टि, पौष १ । नेपालकै पहिलो गायनमा आधारित टेलिभिजन लियालिटी शो द भ्वाइस अफ नेपालमा आज अन्तिम आठको प्रतिस्पर्धा हुदै छ । गित गाएकै आधारमा चार कोचको समूहबाट दुई दुई जना प्रतिस्पधीहरुले आउने चरणहरुमा अझै संघर्ष गर्नु पर्ने छ ।
यो चरणपछि अन्तिम चरणको यात्रा तय हुने र्भकोले अन्तिम आठको प्रतिस्पर्धा रोचक हुने अनुमान छ । दर्शकले शुक्रबार कार्यक्रम प्रसारण हुने समयसम्मै मतदान गर्न सक्नेछ । यी आवाजको धनीहरुलाई दर्शकको भोट निर्णायक हुने भएकाले कुन प्रतिस्पर्धी बाहिरिनेछ भन्ने अनुमान गर्न निकै कठिन छ । अन्तिम आठमा पर्न सफल टिम प्रमोदबाट योगेश मगर र आशिष महर, टिम राजुबाट रियान गिरी र करण राई, टिम राजेशबाट सविना योहा लिम्बू र पदम राई तथा टिम प्रविशाबाट साइल लिम्बू र प्रिज्वल नेपाली छन ।
प्रतियोगीले सामाजिक सञ्जालबाट भोट मागिरहेका छन् भने प्रतियोगीको पक्षमा विभिन्न समूहले पनि भोट अभियान नै सुरु गरेको छन् । आशिष महरको पक्षमा सुदूरपश्चिममा भोट अभियान चलिरहेको छ । रियान गिरीको लागि भुटानको थिम्पुमा अर्थ संकलन गर्न कन्सर्ट चलिरहेको छ । शोका पूर्वविजेता किरण गजमेरले समेत रियानको पक्षमा खुलेर भोट मागिरहेका छन् । केही प्रतिस्पर्धीको लागि दलका नेता र जनप्रतिनिधिले समेत भोट मागिरहेका छन् ।
द भ्वाइस अफ नेपाल प्रत्यक हप्ताको शुक्रबार र शनिबार हिमालय टिभीबाट बेलुका ८ बजे प्रसारण हुदै आएको छ ।
