
पूर्णपुष्टि, फागुन २२ गते ।
आज देशका विभिन्न ठाउँमा हुरीबतास, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना हरेको छ । पश्चिमसहित मध्य र पूर्वका पहाडी भेगमा हुरीबतास, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको हो ।
पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मध्य र पूर्वमा खण्डबृष्टि हुने सम्भावना रहेको जनाईएको छ ।
