
पूर्णपुष्टि, जेठ ७ गते ।
आज मेघगर्जनसहित पानी हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । अंपुन चक्रवातको प्रभावका कारण पूर्वी र मध्य क्षेत्रका सबैजसो ठाउँ र पश्चिमका केही ठाउँमा मेघगर्जन सहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दिउँसोपख चक्रवातले नेपाली जमिन छुने र त्यसपछि मेघगर्जन, वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने महाशाखाले जनाएको छ । बेलुकीपख चक्रवातको प्रभाव बढि पर्ने र रातिबाट प्रभाव कम हुँदै भोलि बिहीबार दिउँसोबाट मौसममा सुधार आउन थाल्ने महाशाखाले जनाएको छ ।
चक्रवातको प्रभाव ३/४ दिन रहने भएकोले अबका केही दिन मौसम केहीबेर खुले पनि बादल तथा सामान्य वर्षा पनि हुने महाशाखाले जनाएको छ । अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले मेघगर्जन, चट्याङ र हावाहुरी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
