
पूर्णपुष्टि, बैशाख ४ गते ।
आज देशका कोही ठाउँमा मेघगर्जन र हुरीबताससहित असिना पानी पर्न सक्ने सभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमीसँगै स्थानीय वायुको प्रभावले देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ मध्य र पूर्वका केही ठाउँ तथा पश्चिमका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजभन्दा भोलि र पर्सी देशका धेरै ठाउँमा पानी पर्ने जनाईएको छ । अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्न लागेकाले भोलि र पर्सि देशभरिकै मौसम सामान्यतया बदली भइ देशका विभिन्न ठाउँमा चट्याङ, हुरीबताससहित केही ठाउँमा असिना पानी पर्ने सम्भावना रहेको जनाईएको छ ।
