
पूर्णपुष्टि,असार २१ । देशभर आँशिकदेखि सामान्य बदली रही कोशी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । दिउँसो वा बेलुकीपख कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद् गोविन्द झाको आग्रह छ । उहाँका अनुसार देशका अन्य ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
अहिले कोशी, गण्डकी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । काठमाण्डौलगायत आसपासका क्षेत्रमा घाम लागेको छ । तर, अहिले घाम लागे पनि फेरि बदली भइ दिउँसो पछि पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।
