Tuesday, July 7News That Matters

आज राष्ट्रिय ‘भक्का दिवस’

पूर्णपुष्टि, पुष २९ । आज नेपाली पात्रो अनुसार राष्ट्रिय भक्का दिवस परेको छ । पूर्वी तराईका आदिवासीहरुले स्थानीय प्रवद्र्धन तथा मौलिक खाजा भक्काको संरक्षणका लागि राजवंशी समुदायहरुले राष्ट्रिय भाक्का दिवस मनाउने गरेको पाईन्छ ।

जाडो सिजनमा राजवंशी जातिमा भक्का खाने परम्परागत चलन छ । पछिल्लो समय भक्का चोक बजारमा खाजाको रुपमा समेत खान पाइन्छ । अग्र्यानिक र स्वस्थ्यकर हुने भएकाले भक्का विपन्न वर्गको मौसमी व्यापार समेत बनेको छ । भाक्का कोच राजवंशी समुदायको खाजामा लोकप्रिय हिउँदे भाक्का चामलको पिठोबाट तयार गरिने परिकार हो । पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिमा यो खाजा लोकप्रिय बन्दै गएको छ ।

भाक्का अर्गानिक र स्वास्थ्यका लागि हितकर खाजा भएको यसका पारखीहरु बताउँछन् । शुद्ध चामलको पीठोलाई पानीको बाफमा पकाएर भाक्का बनाउने गरिन्छ । पीठोको चामलमा कुनै बस्तु मिसाउट नहुने तथा पानीको बाफमा मात्र पकाउने गरेकाले भाक्का पूर्ण अर्गानिक र स्वास्थ्यकर खाजा हुने बताइन्छ ।