Monday, June 1News That Matters

आज विदेशी मुद्राको भाउ घट्यो

भदौ २७ गते । 

आज अमेरिकी डलर सहित सबै विदेशी मुद्राको भाउ ओराले लगेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११४ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९५ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा पुुगेको छ । हिजो खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा नै थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५६ पैसा थियो । आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ८२ पैसा रहेको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा थियो । रिंगिट १ को खरिददर २७ रुपैयाँ २५ पैसा बिक्रीदर २७ रुपैयाँ ३ ९ पैसा पुगेको छ । हिजो खरिददर २७ रुपैयाँ ३६ पैसा बिक्रीदर २७ रुपैयाँ ५० पैसा नै थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा पुगेको छ । हिजो कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २० पैसा पुगेको छ । हिजो खरिददर ३७६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ०६ पैसा थियो । यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६५ पैसा पुगेको छ । हिजो खरिददर ३०३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ८६ पैसा थियो ।