
पूर्णपुष्टि, कात्तिक २४
आज सुनको भाउ बढेको छ ।
सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ९८ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबारदेखि निरन्तर सुनको भाउ बढिरहेको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । हिजोको तुलनामा चाँदी तोलाको १० रुपैयाँ बढेर आज १२ सय ८५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
