
पूर्णपुष्टि, भदौ ११
आज हप्ताको अन्तिम दिन शुक्रबार सुनको मुल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको २ सय रुपैयाँले घटेको हो । हिजो सुन तोलामा ३ सय रुपैयाँ घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो, भने आज तोलाको २ सय रुपैयाँले घटेर ९१ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मुल्य भने स्थिर रहेको छ । हिजो जस्तै चाँदी आज तोलामा १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
