Wednesday, May 20News That Matters

आज २ जना कोरोना संक्रमितको मृत्यु

पूणर्पुष्टि, असोज ७ 

नेपालमा आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अल्का र मेघा हस्पिटलमा उपचार भईरहेको ललितपुरका २ जनाको आज मृत्यु भएको हो ।

अल्का अस्पतालमा पाटनका ७४ वर्षीय वृद्धको मंगलबार राति सवा दुई बजे मृत्यु भएको हो । गत भदौं १६ गते अस्पताल भर्ना भएका उनमा कलेजोमा समस्या थियो । उपचारकै क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै मेघा अस्पतालमा उपचाररत धापाखेलका ८० वर्षीय वृद्धको भने मंगलबार साँझ ५ बजे मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।