Sunday, June 28News That Matters

आठ मार्चमा, शिक्षामा महिला नेतृत्व खोजियो

पूर्णपुष्टि, फागुन २४ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ नेपाल) जिल्ला समन्वय समिति उदयपुर र त्यसका सदस्य संस्थाहरुको आयोजना तथा सुचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल, जिल्ला संजाल उदयपुर र शिक्षा सरोकार मञ्च उदयपुरको सहकार्यमा “समतामुलक भविष्य निर्माणका निमित्त शिक्षामा महिला नेतृत्व” विषयक अन्तरक्रिया कार्यक्रम आज भएको छ ।

१ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस, ८ मार्चको अवसरमा भएको कार्यक्रममा शिक्षामा महिलाको नेतृत्वको आवश्यकता औल्याईएको थियो । “महिलाको सुरक्षा सम्मान र रोजगार–समृद्ध नेपालको आधार” भन्ने नाराका साथ भएको कार्यक्रममा छात्रामैत्री शिक्षा बनाइअनुपर्नेमा जोड दिइएको थियो ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख केदार गिरीले पढ्न, लेख्न जानेर मात्र शिक्षा प्राप्ती नहुने, आर्जन गरेको शिक्षालाई ब्यवहारमा उतार्न सकेमात्र सहि शिक्षा हुने बताउनुभयो । सहि शिक्षाले क्षमता दिने भन्दै हरेक महिलालाई क्षमतावान बनाउन सहि शिक्षा आवश्यक रहेको बताउनुभयो । त्रियुगा नगरपालिका ११ नं. वडाध्यक्ष विश्वराज भट्टराईले शिक्षामा महिला नेतृत्वको आवश्यकता औल्याउदै सबैबाट ठोस पहल हुन सकेमा सम्भव रहेको बताउनुभयो ।

शिक्षा सरोकार मञ्च उदयपुरका अध्यक्ष जसबहादुर कार्कीले एक अवधारणा प्रस्तुत गर्दै वालवालिकालाई सानैदेखि घर र विद्यालयमा राम्रो वातावरण दिइनु पर्ने र पढाउने र पढ्ने काम पनि प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा एनसीइका सदस्य संस्थाहरु जाल्पा एकिकृत विकास समाज उदयपुर, मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेण्डेक), मुलधार महिला सेवा केन्द्र (मासवेस), शान्ति समाज केन्द्र (पेशोक), विकास सहजिकरण सञ्जाल (डिफान), सामाजिक समावेशीकरण प्रयास (एसआइटु), वालविकास समाज नेपाल (सिडिएस), समावेशी नेपाल उदयपुर र नेस्पेक उदयपुरको प्रतिनिधिको सहभागिता थियो । साथै विभिन्न सरोकारवाला संस्था, निकायको प्रतिनिधिहरुको उपस्थिति थियो । प्रधानाध्यापक, सञ्चारकर्मीहरुकोसमेत उपस्थिति थियो ।

कार्यक्रमले शिक्षामा महिला सहभागिता र नेतृत्व बृद्धिका लागि बोली मात्र नभई ब्यवहारमै गरेर देखाउनुपर्ने निचोड निकालिएको छ । सबैले आ–आप्mनो क्षेत्रबाट प्रतिबद्ध भई बोलीमा सिमित नभई ब्यवहारमै गरेर देखाउनुपर्नेमा जोड दिइएको छ ।

महिला दिवसमा अन्य विषयमा ब्यापक वहस, छलफल हुने गरेपनि शिक्षाको सन्दर्भमा कमी हुने गरेपछि शिक्षाका सरोकारवालाहरुबीच यस्तो अन्तरक्रिया गरिएको एनसिइ नेपाल, उदयपुरका सचिव अजयकुमार साहले बताउनुभयो ।