
पूर्णपुष्टि, साउन २९
आफुले बनाउको कोरोना भाइरसविरुद्ध खोपको बारेमा अन्तर्राष्ट्रिय चिन्ता निराधार भएको रुसले दाबी गरेको छ ।
पहिलो चरणमा अबको दुई हप्तामा नै डाक्टरलाई खोप दिने रुसी स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले जानकारी दिनुभएको छ । परीक्षण बिना नै प्रयोगमा ल्याउन लागेको भन्ने अन्तर्राष्ट्रिय चिन्ता निराधार भएको उहाँले बताउनुभएको हो ।
अक्टोबर महिनाबाट ठूलो संख्यालाई खोप दिन थाल्ने योजना रहेको छ । कोरोनाविरुद्ध खोप तयार पारेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरे पनि विश्व स्वास्थ्य संगठनले भने प्रश्न उठाएको छ ।
विश्वभर ६ वटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको तर रुसले दाबी गरेको खोप त्यसभित्र नपरेको भन्दै प्रश्न संगठनले उठाएको हो । रुसको खोपमा विशेषगरी अमेरिका र यूरोपमा प्रश्न उठेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।
