
पूर्णपुष्टि, बैशाख ४ गते ।
काठमाण्डौमा प्रहरीद्धारा तीन जना आवासीय चिकित्सकमाथि कुटपिट भएकोमा ध्यानाकर्षण भएको राष्ट्रिय आवासीय चिकित्सक संघले जनाएको छ ।
महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन जना आवासीय चिकित्सकमाथि कुटपिट भएकोमा संघले आपत्ति जनाएको हो ।
डाक्टरले परिचय पत्र देखाएको र आफूहरु अस्पतालबाट फर्किएको जानकारी गराउँदा पनि प्रहरीले लाठीचार्ज गर्दै गाली गरेको भन्दै संघले ती प्रहरीलाई कारबाहीको माग गरेको छ । कुटपिट गर्ने प्रहरीलाई कारबाहीको दायरामा नल्याए कडा कदम चाल्न बाध्य हुने संघले जनाएको छ ।
चिकित्सक कुटिएको विषयमा छानबिन गर्नका लागी महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले छानविन समिति गठन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ ।
