
पूर्णपुष्टि, असार १०
इंग्लिस प्रिमियर लिगमा टोटनहमले वेष्ट ह्यामलाई २–० गोलले पछि पार्दै जित हात पारेको छ ।
खेलको ६४ औं मिनेटमा वेष्ट ह्यामका सेल्सोले प्रहार गरेको कर्नर बल गोल भएपछि घरेलु टिम टोटनहमले अग्रता बनाएको थियो । त्यसपछि ८२ औं मिनेटमा टोटनहमका ह्यारी केनले दोस्रो गोल गर्दै टिमलाई जित दिलाएको थिाये ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । यो जितपछि टोटनहमको ३१ खेलमा ४५ अंक छ । वेष्टह्यामको २७ अंक रहेको छ ।
त्यस्तै गएराति भएको खेलमा लेष्टर सिटी र ब्राइटन बराबरी खेलेका छन् । बराबरीसँगै तेस्रो स्थानको लेष्टरले ३१ खेलमा ५५ अंक जोडेको छ । ३३ अंक जोडेको ब्राइटन १५ औं स्थानमा रहेको छ ।
