
भदौ २९ गते ।
इंग्लिस प्रिमियर लिग फुटबलमा नर्विच सिटीले म्यान्चेस्टर सिटीलाई पछि पार्दै जित हात पारेको छ । गतराती भएको खेलमा घरेलु टिम नर्विचले म्यान्चेस्टर सिटीलाई ३–२ गोलले पछि पार्दै जित हात पारेको हो ।
नर्विच टिमको केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुक्कीले गोल गरेका थिए । म्यान्चेस्टर सिटीको सर्जियो अगुइरो र रोड्रिगोले गोल गरेका थिए ।
खेल सुरु भएको १८औं मिनेटमा नर्विचका म्याकलिनले एक गोल गरेका थिए । त्यस्तै २८औं मिनेटमा क्यान्टवेलले गोल गरेका थिए ५० औँ मिनटमा टेमु पुक्कीले गोल गर्दै टिमलाई विजय बनाएको थियो ।
म्यान्चेस्टर सिटीको अगुइरोले ४५औं मिनेटमा एक गोल गरेका थिए भने रोड्रिगोले ८८ औँ मिनटमा गोल गरेको थियो ।
