
पूर्णपुष्टि, असार १६
इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले जित हात पारेको छ । गतराति भएको खेलमा बर्नलीले क्रिस्टल प्यालेसमाथि १–० गोलले पछि पार्दै जीत पारेको हो ।
क्रिस्टलको मैदानमा बर्नलीलाई जित दिलाउन बेन मीले ६२ औं मिनेटमा मीले गोल गरेका थिए । जितसँगै बर्नले तालिकाको आठौं स्थानमा छ भने पराजित भएको प्यालेस ११ औं स्थानमा छ ।
प्रिमियर लिगको उपाधि भने यसअघि नै लिभरपुलले जितिसिकेको छ ।
