
पूर्णपुष्टि, असार १९
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । म्यानचेस्टर सिटीले लिभरपुललाई ४–० गोलले पछि पार्दै जित हात पारेको हो ।
सिटीको घरेलु मैदान बिहान भएको खेलमा खेलको २५ औं मिनेटमा पेनाल्टी मार्फत ब्रूइनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस्तै ३५ औं मिनेटमा स्र्टलिङले दोस्रो गोल गरे । ४५ औं मिनेटमा फोडेनले तेस्रो गोल गरे ।
पहिलो हाफमा ३ गोल खाएको लिग च्याम्प्यिन लिभरपुलले दोस्रो हाफमा गोल त फर्काउन सकेन नै उल्टै आफ्नै पोस्टमा गोल गरेको थियो ।
