
पूर्णपुष्टि, साउन १
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । गतराति भएको खेलमा सिटीले बर्नेमाउथलाई २–१ गोलले पछि पार्दै जित हात पारेको हो ।
खेलको ६ औं मिनेटमा सिल्भाले फ्री किकबाट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा जिससले गोल गरे । त्यसपछि खेलको ८८ औं मिनेटमा बर्नेमाउथका डेभिडले एक गोल फर्काए पनि सिटी २–१ ले जित हात पार्यो ।
घरेलु मैदानको जितसँगै सिटीले ३६ खेलमा ७५ अंक जोडेको छ । यस्तै सिटीले च्याम्पियन लिभरपुलसँगको अंक दूरी समेत घटाएको छ । शीर्ष स्थानको लिभरपुलको ९३ अंक रहेको छ भने सिटी लिभरपुल भन्दा १८ अंकले पछि रहेको छ ।
३१ अंक जोडेर बर्नेमाउथ रेलिगेसन क्षेत्रमा रहेको छ । यो हारसँगै बर्नेमाउथको रेलिगेसन सम्भावना बढेर गएको छ ।
