
पूर्णपुष्टि, कार्तिक ८
सुनसरीको इटहरीमा यौनधन्दा सञ्चालन गरेको अभियोगमा आमाछोरा पक्राउ परेका छन् । प्रहरीले इटहरी–१२ स्थितका एक होटल सञ्चालक आमाछोरा र एकजना ग्राहाकसहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी–१२ मा होटल सञ्चालन गर्दै आएकी सावित्रा लामिछाने र उनका छोरा किरण लामिछाने रहेका छन् । यस्तै, ग्राहक बनेर गएका इटहरी–११ का गुणराज पोखरेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार २२ वर्षीया युवतीलाई होटलमा राखेर यौन व्यवसाय गर्दै आएको खुलेको छ । पक्राउ परेकामाथि थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानकै क्रममा रहेको बताएको छ ।

