Wednesday, April 22News That Matters

इस्ट टुरिजम् मार्टमा होटल व्यवसायी संघ उदयपुरको सहभागीता

उदयपुर/असोज, ५

नेपालको बिभिन्न पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन र विकास गर्ने भन्दै आयोजना भएको इन्डस्ट्रि इस्ट टुरिजम् मार्ट २०१९ मा जिल्ला होटल व्यवसायी संघ उदयपुरले पनि उत्साहजनक सहभागीता जनाएको छ ।

शनिवार १ नं प्रदेशको धरान उप–महानगरपालिकामा भएको टुरिजम महोत्सवमा सहभागिता जनाएको हो । जिल्लाबाट होटल व्यवसायी संघ उदयपुरका अध्यक्ष कृष्णकुमार श्रेष्ठसहितको टोलीले सहभागीता जनाएको हो । १ नं प्रदेशको सबै जिल्लाहरु आयोजक समितिको सदस्य समेत रहेर कार्यक्रममा सहभागी रहेको संघका अध्यक्ष श्रेष्ठले बताए ।१ नं प्रदेशको १४ ओटै जिल्ला र प्रदेश बाहिरको पोखरा, मकवानपुर, चितवन र देश बाहिरबाट, पूर्वी भारत, भुटान र बङगलादेशले पनि सो कार्यक्रममा सहभागी जनाएका थिए । बिषेश गरी १ नं प्रदेशको पर्यटकीय क्षेत्रलाई पहिचान गर्ने र त्यस्ता क्षेत्रलाई अवलोकन गरी तत्काल परिचालनमा ल्याउने भन्दै पर्यटनन महोत्सवको आयोजना गरिएको कार्यक्रम समितिका अध्यक्ष भविन श्रेष्ठले बताए ।कार्यक्रमको उदेश्य अनुसार उदयपुरले पनि आफ्नो जिल्लाको बिभिन्न पर्यटकीय क्षेत्रहरुको जानकारी महोत्सवमा प्रदर्शन गरेको थियो । जिल्ला भरिरहेका धार्मिक तथा पर्यटकीय स्थलहरु रौता पोखरी, ताप्ली पोखरी, टंकेला गुफा, एभरेष्ट भ्युटावर, महाँकाली मन्दिर, कोशी र्याफटीङ, लगायतका क्षेत्रहरुलाई प्रदर्शन गरेको थियो ।नेपाल पर्यटन वोर्डको आयोजना, धरान उप–महानगरपालिकाको समायोजन र १ नं प्रदेश सरकारको सहयोगमा धरान स्थित कार्यक्रमको आयोजना भएको थियो ।कार्यक्रमलाई १ नं प्रदेशको मुख्यमन्त्रि शेरधन राईले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले १ नं प्रदेश देशकै सबैभन्दा बढी पर्यटन योग्य प्रदेश रहेको बताए । १ नं प्रदेशमा हिमाल, तराई, र पहाड सबै भुगोलले छोएको र यहाँ धरै पर्यटनमुखि स्थलहरु रहेको बताए ।प्रदेशमा १ सय २५ ओटै जातजातिका मानिसहरु बसोवास गर्ने प्रदेश रहेको कारण यस प्रदेशमा बसोवास गर्ने मानिस निकै भाग्यमानि रहेको राईले व्याख्या गरे ।