Friday, March 13News That Matters

ईटहरी हिडेका श्रेष्ठ बेपत्ता

पूर्णपुष्टि/उदयपुर भदौ ३१ गते ।

उदयपरमा एक बृद्धा हराएको भन्दै परिवारले जिल्ला प्रहरीमा हुलिया सहित निवेदन दिएको छ ।

त्रियुगा नगरपालिका ३ मोतिगडाका ६० वर्षीय यज्ञ बहादुर श्रेष्ठ दुई दिन देखि हराएको भन्दै श्रेष्ठका परिवारले जिल्ला प्रहरी कार्यालय उदयपुरमा निवेदन दिएको हो ।

भदौ ३० गते विहान ६ बजे इटहरी जानलाई हिडेको श्रेष्ठ सम्पर्कमा नआएपछि परिवारले चिने जाने सम्म खोज तला गर्दा नभेटेपछि श्रेष्ठका श्रीमति विन्दा माया श्रेष्ठले प्रहरीमा हुलिया सहित निवेदन दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

५ फिट तीन ईन्च उच्चाई भएको, गहुँ गोरो, दाह्री र केश फुलेको मोटो मोटो देखिने श्रेष्ठको हुलिया सहित जिल्ला प्रहरीमा निवेद दिएको प्रहरीले जनाएको छ ।