
पूर्णपुष्टि, बैशाख ३० गते ।
ईलामको शुक्रबारे बजारमा आगलागी हुदा करिब ६५ हजार बराबरको क्षती भएको छ । माईजोगमाई गाउँपालिका–३ को शुक्रबारे बजारमा गतराती आगलागी हुदाँ उक्त रकम बराबरको क्षती भएको हो ।
कोही नभएको घरमा आगलागी हुँदा घरसँगै जोडिएका अरु दुई घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । राति करिब ९ः५० बजे बेद कैयाको घरबाट आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
बेद कैयाको घरबाट सुरु भएको आगो छत्रकुमारी लावर र रुकमेणा प्रधानको दुई तले घरमा आगलागी भई जलेर नष्ट भएको थियो । प्रधानको घर र किराना पसल, लावरको घर तथा कैयाको जुत्ता र कपडा पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
दमकलको अभावमा प्रहरी र स्थानीयको सहयोगमा पानी ओसारेर विहान सवा ५ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
