Thursday, June 18News That Matters

उखु कृषकलाई आधुनिक यन्त्र वितरण

पूर्णपुष्टि, फागुन १६

सुदूरपश्चिम प्रदेश सरकारले कन्चनपुरको लालझाडी गाउँपालिकाका उखु कृषकलाई आधुनिक कृषीयन्त्र तथा उपकरण वितरण गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्र्तगत सञ्चालित मुख्यमन्त्री नमूना कृषिगाउँमा आवद्ध कृषकलार्ई कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको हो ।

कृषिमा लाग्ने श्रमको लागत घटाएर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषकलाई  कृषियन्त्र र उपकरण अनुदानमा वितरण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषकलार्ई पावर टिलर, मिनी टिलर, रेजर, रोटाभेटर, सिँचाइका लागि पम्पसेटलगायत उपलब्ध गराइएको छ । यसका अतिरिक्त बीउबिजन, विषादी, रासायनिक मलसमेत कृषकलार्ई उपलब्ध गराइएको जनाएको छ ।