
पूर्णपुष्टि, फागुन १७
उदयपुरमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–५ बाट लागुऔषधसहित पक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालन गरेको अबैध लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत जिप्रका उदयपुरबाट खटेका प्रहरी टोलीले आईतबार करिब साढे ११ बजे स्थानीय २५ वर्षीय प्रदिप शाक्य थारुलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
हिडिरहेको अवस्थामा शंकालागी चेकजाच गर्ने क्रममा उनको साथबाट फेनेरागन ३० एम्पुल, नोफिन ३० एम्पुल र डाईजोल्याव ३० एम्पुल बराम गरेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेको थारुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
