
पूणर्पुष्टि, असोज ८
उदयपुरको दुई स्थानबाट ठूलो मात्रामा ९५ सेट २ सय ८५ एम्पुल लागुऔषध प्रहरीले बुधबार पक्राउ गरेको छ । लागु औषाध र एक महिला सहित ८ जना संलग्न व्यक्तिलाई प्रहरीले बिहिबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । 

उदयपुरको जोगिदह र लालपत्ताबाट प्रहरीले लागुऔषाध सहित ८ जनालाई पक्राउ गरेको हो । लागुऔषानियन्त्रण अभियान अन्तर्गत बिषेश सूचनाको आधारमा उनिहरुलाई प्रहरीले जिल्लाको फरकफरक स्थानबाट पक्राउ गरेको हो ।
जोगिदहबाट पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका १२ का १९ बर्षका रजामुदिन अन्सारी, २४ बर्षका दिलिप घिमिरे, २२ बर्षका शिब अधिकारी, २२ बर्षकै बिशाल मगर र २० बर्षिय सागर पौडेल रहेका छन् । उनिहरुलाई स १ प ३२२४ नम्बरको मोटरसाईकलमा लागुऔषाध सहित फत्तेपुर बाट गाईघाट आउँदै गरेको अवस्थामा जोगिदिहमा उदयपुरबाट खटिएको बिषेश प्रहरी टोलीले पक्राउ गरेको हो । 
उनिहरुको साथ बाट ३५ ओटा लुपिजेसिक, ३५ ओटा डाईजोपाम, र ३५ ओटा फेनारागनमा १ सय ५ गरी जम्मा ३५ सेट एम्पुल लागुऔषाध बरामद भएको छ ।
त्यसैगरी यता लालपत्ता नाकाबाट पक्राउ पर्नेमा श्रीमान श्रीमती रहेको छ उहनिहरु सप्तरीको कृष्णसबरम गाउँपालिका १ का पिके भनिने ३१ बर्षका प्रबेश मिया र निजको २६ बर्षिय श्रीमती हजारुम खातुन रहेको छ ।
उनिहरुको साथ बाट ६० ओटा फेनारगन, ६० डाईजोपाम र ६० ओटा लुपिजेसिमा १ सय ८० ओटा गरि ६० सेट एम्पुल लागुऔषाध प्रहरीले बरामद गरेको हो ।
उनिहरुलाई लालपत्ता नाकाबाट उदयपुरदेखि खटिएको बिषेश प्रहरी टोलीले बिषेश सूचनाको आधारमो पक्राउ गरेको हो । पक्राउ पर्ने सबैलाई थप अनुसन्धान सुरु गरिएको जिल्लान प्रहरी कार्यलय उदयपुरका प्रमुख एसपी भिम बहादुर दाहालले बताउनभयो ।

