पूर्णपुष्टि, मंसिर २८
गैरसरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरका तथ्याङ्क अनुसार यो बर्ष उदयपुरमा मानव अधिकारको बिभिन्न ४० घटना घटेको पाईएको छ । बिहिबार गाईघाट स्थित संगम पुस्तकालयको हलमा गरिएको अन्तरक्रिया तथा समिक्षामा राज्य र गैरराज्य गरी ४० घटनाहरु घटेको इन्सेकको प्रतिवेदन प्रस्तु गरिएको छ । प्रतिवेदनमा सन् २०२१ को जनवरी १ देखी नोवेम्वर सम्मको अबधिमा ४ ओटा राज्य पक्षबाट र बाँकी ३६ ओटा गैरराज्य पक्षबाट भएको प्रतिवेदनमा उल्लेख छ ।
उक्त प्रतिवेदनकै आधारमा अघिल्लो बर्ष ६९ ओटा मानवअधिकारका घटनाहरु घटेको उल्लेख गरिएको छ । (इन्सेक) ले प्रकाशित गर्ने २०२३ को पुर्वसन्धाको अवसर पारी बिभिन्न सम्बन्धित क्षेत्रहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सामाजिक संघ संस्था, संचारकर्मी सहितको भेलामा अन्तरक्रिया तथा समिक्षा गरिएको थियो । प्रतिवेदनमा उल्लेख गरिएको तथ्याङ् अनुसार बालिका बलत्कार १३ र महिला वलत्कार प्रयास १, घरेलु हिंसा ४, हत्या ८, कुटपिट १, बहुविवाह ५, महिला र बालयौन ३, हत्या प्रयास २, धरपकड ३ गरी ४० ओटा घटना घटेको अन्तरक्रियामा प्रस्तु गरिएको छ । धरपकड र कुटपिट राज्य तर्फबाट भएको छ भने बाँकी गैरराज्य पक्षबाट उक्त घटनाहरु घटेको देखिएको छ । यो बर्ष बालविवाहको घटना भने घटेको अवस्था छैन् ।

