
पूर्णपुष्टि, जेष्ठ २६
उदयपुरमा आज (वुधबार) थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ५ सय ९६ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ६ पुरुष र ८ महिलामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार आज थपिएका सबै त्रियुगाको मात्रै रहेको छन् । आज त्रियुगा नगरपालिका वडा नं. ११ का ११ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये ६ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै त्रियुगाकै १६ नम्बर वडामा १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ । त्यसैगरी त्रियुगाको १२ नम्बार वडामा पनि १ महिलामा संक्रमण पुष्टि भएको छ ।
कोरोना जितेर आज थप १३ जना घरफर्किसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या ४ सय ५ पुगेको छ । जिल्लामा कोरोनाबाट आज कसैको पनि मृत्यु भएको छैन, अहिले सम्म मृतकको संख्या ४६ रहेको छ ।
जिल्लाभर संक्रिय संक्रमितको संख्या ६ सय २८ पुरुष र ५ सय १७ महिला गरी १ हजार १ सय ४५ जना रहेका छन् ।
